हिमालयन लघुवित्त वित्तीय संस्था हेलम्बुद्वारा विमा दावि भुक्तानि
![हिमालयन लघुवित्त वित्तीय संस्था हेलम्बुद्वारा विमा दावि भुक्तानि](https://rastriyaonline.com/wp-content/uploads/2024/05/Messenger_creation_a46f8646-c545-4ff5-9113-3e0a1c4b48d9.jpeg)
![](https://rashtriyaonline.com/wp-content/uploads/2023/09/aa.png)
हिमालयन लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय किउल सिन्धुपाल्चोकले बीमा दाबी भुक्तानी गरेको छ। हेलम्बु गाउँपालिका वडा नं ०२ स्थित केन्द्र नं ००७ समूह नं १ मा रहनु भएको सदस्य पवित्रा कार्की घर्तीको श्रीमानको मृत्यु पश्यात सदस्यलाई बीमाको क्षतिपूर्ति रकम उपलब्ध गरेको छ।
सदस्यले संस्थाबाट ५० हजार कर्जा लिएकोमा श्रीमानको मृत्यु पश्यात संस्थाको नियम अनुसार ५० हजार बीमा रकम र काजक्रिया खर्च बाफत कर्जाको २५% हुन आउने रकम १२,५०० जम्मा गरेर ६२५०० रकम चेक मार्फत शाखा प्रमुख सक्षम घोरसैनीले उपलब्ध गराउनु भयो।
प्रतिक्रिया