कति छ प्रधानमन्त्रीको सम्पत्ति ? भरतपुरमा १५ कट्ठाको घर–घडेरी, २५ लाख मौज्दात
![कति छ प्रधानमन्त्रीको सम्पत्ति ? भरतपुरमा १५ कट्ठाको घर–घडेरी, २५ लाख मौज्दात](https://rastriyaonline.com/wp-content/uploads/2024/05/pm-prachanda.jpg)
![](https://rashtriyaonline.com/wp-content/uploads/2023/09/aa.png)
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले भ्रष्टाचार निवारण, ऐन २०५९ को दफा ५० को उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ (क) को उपदफा (१) अनुसार विवरण सार्वजनिक गरेका हुन् ।
जसमा प्रधानमन्त्री प्रचण्डको घर चितवन भरतपुर १४ मा १४ कट्ठा पार्किङसहितको पैतृक सम्पत्ति रहेको उल्लेख छ । त्यस्तै, भरतपुर १२ मा अंशबाट प्राप्त १ कट्ठा अचल सम्पत्ति रहेको प्रधानमन्त्रीले पेश गरेको विवरणमा उल्लेख छ ।
त्यस्तै, चल सम्पत्तिमा पाँच तोला पैतृक सुन, एभरेष्ट बैंक, सिंहदरबारमा २५ लाख नगद रहेको उल्लेख छ । जसको स्रोत प्रतिनिधिसभाको सदस्यको पारिश्रमिक रहेको विवरण छ ।
प्रतिक्रिया