तालिम तालिममा मात्र सिमित हुनु हुन्न: उपप्रमुख प्रधान
![तालिम तालिममा मात्र सिमित हुनु हुन्न: उपप्रमुख प्रधान](https://rastriyaonline.com/wp-content/uploads/2024/05/755affc4-12ea-49e2-b6f5-a8759c7a00b7.jpeg)
![](https://rashtriyaonline.com/wp-content/uploads/2023/09/aa.png)
राेजगारी र आयमा वृद्धि अबकाे समृद्धि भन्ने अभिप्रायले सञ्चालित तुने चप्पल बनाउने तालिम मेलम्ची नगरपालिकाकाे आयाेजनामा मेलम्ची नगरपालिका वडा न. १ भोटेचौरमा सञ्चालित तालिम मेलम्ची नगरपालिका उपप्रमुख उमा प्रधानकाे प्रमुख आतिथ्यता र मेलम्ची नगरपालिका वडा न .१ का वडा अध्यक्ष कृष्णमुरारी चाैलागाईँकाे अध्यक्षतामा सम्पन भएकाे छ । कार्यक्रममा श्री जागृत महिला सहकारी संस्था मार्फत भावि दिनमा व्यबसायिक रूपमा व्यबसायिक चप्पल बन्ने गरि प्रविधि(मेसिन) हस्तान्तरण समेत गरिएकाे छ । कार्यक्रममा बाेल्दै उपप्रमुख प्रधानले अब तालिम तालिममा मात्र सिमित नगरी व्यबसायिक रूपमा सञ्चालन गर्नकाे लागि अनुराेध गर्दै आफ्नाे तह र तप्काबाट सहजिकरण गर्नै कुरा व्यक्त गर्नुभयो । साथै वडा न.१ का वडा अध्यक्ष र जनप्रतिनिधिहरूकाे सक्रियतामा सञ्चालित कार्यक्रम वडा कार्यालयमार्फत थप अनुगमन मुल्यांकन र पृष्ठपाेषण प्रदान गर्दै व्यबसायलाई निरन्तरता दिन र आर्थिक समृद्धिमा लाग्न र सरकारी खर्चकाे सदुपयाेग गर्नकाे लागि वडा न १ का वडा अध्यक्ष कृष्णमुरारी चाैलागाईँले अनुराेध गर्नुभयो। कार्यक्रममा कार्यक्रम सञ्चालन भएकाेमा धन्यवाद ज्ञापन गर्दै सहभागीहरूले खुशी व्यक्त गर्दै सबैका मुहारमा मुस्कान छाउदै, खुशी टासाट गरी भावि दिनमा निरन्तरता दिने कुरा सहभागीहरूले प्रतिवद्दता जनाएका छन ।
![](https://rastriyaonline.com/wp-content/uploads/2024/05/5f794017-03c6-4024-a29a-215dfb357514.jpeg)
![](https://rastriyaonline.com/wp-content/uploads/2024/05/dc3ccc6b-2638-4e96-8c53-095be6ed5da8.jpeg)
प्रतिक्रिया