भित्तेपत्रिका तयारी तथा आधारभुत पत्रकारिता तालिम मेलम्चीमा सुरु
सनराइज सिन्धु मिडिया प्रा.लीको आयोजना र मेलम्ची नगरपालिकाको आर्थिक सहयोगमा ३ दिने भित्तेपत्रिका तयारी तथा आधारभुत पत्रकारिता तालिम मेलम्चीमा सुरु भएको छ । तालिमको उद्घाटन गर्दै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले किताबि ज्ञानसँगै शिर्जनशिलताको पनि आवश्यकता रहेको बताउनुभयो । विद्यार्थीहरुसँगै धेरै प्रतिभाहरु हुने भएकाले त्यसलाई बाहिर ल्याउने एउटा माध्यमका रुपमा भित्तेपत्रिकालाई लिन सकिने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका तामाङले नगरपालिकाले शिक्षा क्षेत्रमा गरेका कामका बारेमा जानकारी गराउनुभयो । उपप्रमुख उमा प्रधानले हरेक ब्यक्तीमा भिन्न भिन्नै कला र सिप हुने भएकाले पढाईसँगै आफुमा भएका कलालाई पनि अगाडी बढाउनुपर्ने बताउनुभयो । उहाँले तालिममा सिकेका कुरालाई ब्यबहारमा लागुगर्दै जाने र अन्य विद्यार्थीहरुलाई समेत सिकाउँदै गएमा क्षमता विकासमा टेवा पुग्ने बताउनुभयो । कार्यक्रमको औचित्यबारे प्रष्ट पार्दै तालिका प्रशिक्षक डम्बर रसिक भारतीले विद्यार्थीका सिर्जनाहरुलाई बाहिर ल्याउने माध्यमका रुपमा विद्यालयहरुमा यस्को छुट्टै महत्व रहेको बताउनुभयो । उहाँले आफ्ना केहि अनुभव सुनाउँदै आफ्ना सिर्जनालाई प्राथमिकता दिन समेत सुझाउनुभयो । सनराइज सिन्धु मिडिया प्रा.लीका प्रबन्ध निर्देशक सागर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न विद्यालयका २ जना विद्यार्थी र एक जना शिक्षकको उपस्थिती रहेको छ ।
प्रतिक्रिया