Aussie Finance & Home Loan काे यात्रा अब पर्थमा पनि
![Aussie Finance & Home Loan काे यात्रा अब पर्थमा पनि](https://rastriyaonline.com/wp-content/uploads/2024/05/Messenger_creation_fb88b292-992c-4aa5-abba-fff974127e7d.jpeg)
![](https://rashtriyaonline.com/wp-content/uploads/2023/09/aa.png)
Aussie Finance & Home Loan अस्ट्रेलियामा बस्ने नेपालीहरुमाझ एउटा चलेको नाम र स्थापित ब्राण्ड हो । सिड्निबाट सुरु भएको यात्रा विस्तारै Perth सम्म आइपुगेको छ, व्यवसायिक रुपमा Aussie Finance & Home Loan ले धेरै सेवाग्राहीहरुको आवस्यक्ता अनुसार उत्कृस्ट सेवा प्रवाह गरेर सबैको रोजाइमा पर्न सफल हुँदै आएकाे छ। हरेक राज्यमा उस्तै चर्चा कमाएको Aussie Finance & Home Loan ले आफ्नो सातै शाखा गत May 18 का दिन पर्थमा उदघाटन गरेको छ। पर्थ शाखाको उदघाटन सस्थाका CEO बिष्णु हमालले गर्नु भएको थियो।
उत्घाटन कार्यक्रममा NRNA ICC सल्लाहकार भैरब ढकाल ,NRNA WA का संयोजक शेखर धिमिरे, NRNA WA निबर्तमान संयोजक कृष्णमान श्रेष्ठ, NAWA का अधक्ष्य चुरामनी लामिछाने, NRNA WA Youth सम्योजक मनिस सिग्देल, NAWA का पुर्व अध्यक्ष दावा शेर्पा र Expert Education & Visa Services Perth शाखाका प्रमुख दिपेन्द्र चौधरीले शुभकामना मन्तव्य राख्नु भएको थियो। समाराेहमा बिष्णु हमाल र गोपाल वलिले संस्था को परिचय दिदै संस्था ले प्रदान गर्दै आएको सेवाहरुको बारेमा विस्तृत जानकारी दिनुभएको थियो। साथै उक्त उद्घाटन समारोहमा क्यान्बेराका शाखा प्रमुख राज कुमार केसी,पर्थ शाखा प्रमुख बिनोद केसी ,तास्मानियाका प्रमुख रेवन्त लगायतका ब्याक्तित्वहरुले Aussie Finance and Home Loans को बारेमा आफ्नो धारणाहरु पनि व्यक्त गर्नु भएको थियो ।
प्रतिक्रिया