अपांगता भएकाहरुका लागि १० दिने कपाल कटाइ तालिम बाहुनेपाटिमा सुरु
![अपांगता भएकाहरुका लागि १० दिने कपाल कटाइ तालिम बाहुनेपाटिमा सुरु](https://rastriyaonline.com/wp-content/uploads/2024/05/adfa4557-4b15-43bf-9924-883271d771fa.jpg)
![](https://rashtriyaonline.com/wp-content/uploads/2023/09/aa.png)
अपांगता अधिकार मञ्च मेलम्चीको आयोजना र मेलम्ची नगरपालिकाको सहयोगमा आयोजना गरिएको १० दिने कपाल कटाइ तालिमको शनिबार बाहुनेपाटिमा उद्घाटन गरिएको छ । मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधान , मेलम्ची -१२ का अध्यक्ष गणेश तामाङ लगायतले उक्त तालिमको उद्घाटन गर्नुभयो ।
कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रधानले सरकारले गरेको लगानी खेर जानु नहुनेमा जोड दिनुभयो ।उहाँले अहिले तालिम लिने र्यसको सदुपयोग नगर्ने गर्दा लगानी खेर जाने गरेको बताउदै तालिम लिए पछि यसलाइ आय अर्जन संग जोड्नु पर्नेमा जोड दिनुभयो । अगिल्लो बर्ष झोल साबुन बनाउने तालिम दिएको बताउदै यसको प्रतिफल आउन नसकेको गुनासो गर्नुभयो ।उहाँले कपाल काट्ने सुविधा गाउँ गाउँमा हुँदा स्थानीयको बजार सम्म पुग्न लाग्ने पैसा र समय बचत हुने बताउनुभयो ।आयअर्जनमा जोडिनेलाइ थप सहयोग गर्ने उहाँको भनाइ छ ।
त्यस्तै वडा अध्यक्ष गणेश तामाङले कार्यक्रम कार्यक्रममा मात्र सिमित नहोस भन्दै आय आर्जनलाई जोड्न सिकेको सीप सदुपयोग र काम निरन्तरता हुनु पर्नेमा जोड दिनुभयो । मेलम्चीका १३ वडाका ग र घ बर्गका २६ जना सहभागी रहेको महिला वालबालिका तथा समाबेसिकरण शाखाका प्रमुख राजेन्द्र दुलालले जानकारी दिनुभयो । कार्यक्रम आयोजक संस्थाका अध्यक्ष सोम दुलालले जुनसुकै पेशाको सम्मान गर्न आग्रह गर्नुभयो ।सीप भएको मान्छेलाइ हेर्ने नजर फरक हुने दुलालले बताउनुभयो ।प्रशिक्षक श्यामनाथ ढकालले सहभागीलाई प्रशिक्षण गराउनुहुनेछ । त्यस्तै आजै मेलम्ची -१२ का ७५ बर्ष माथी उमेरका ८४ एकल महिला लाई सम्मान समेत गरिएको छ ।
![](https://rastriyaonline.com/wp-content/uploads/2024/05/1f38ca51-060a-405c-8098-a2f08c855292-1024x768.jpg)
![](https://rastriyaonline.com/wp-content/uploads/2024/05/1eb0370e-5cf1-4b9a-9938-37802b3ba32e-1024x768.jpg)
प्रतिक्रिया