वालवालिकाका लागि उद्घोषण तथा नेतृत्व बिकास तालिम मेलम्चीमा सुरु
![वालवालिकाका लागि उद्घोषण तथा नेतृत्व बिकास तालिम मेलम्चीमा सुरु](https://rastriyaonline.com/wp-content/uploads/2024/05/e343e503-c6ba-4035-b418-81a743c2cf9f.jpg)
![](https://rashtriyaonline.com/wp-content/uploads/2023/09/aa.png)
सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाको आर्थिक सहयोग तथा मेलम्ची नगर बाल संजालको समन्वयमा शनिवारबाट उद्घोषण तथा नेतृत्व बिकास तालिम मेलम्चीमा सुरु भएको छ ।
वाल संजालका पदाधिकारीहरुलाई उद्घोषण तथा नेतृत्व विकास सम्बन्धि तालिम मेलम्ची नगरपालिकाका उप प्रमुख उमा प्रधानको प्रमुख आतिथ्यतामा सुरु भएको हो ।
कार्यक्रम को उद्घाटन गर्दै प्रमुख अतिथी प्रधानले सहभागी हरुले यो कार्यक्रमबाट धेरै कुरा सिक्नुहुनेमा आफू बिश्वस्त रहेको बताउनु भयो । उहाँले आगामी निती तथा कार्यक्रममा बालबालिकाका अझै योजना हरु समेट्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाँले तीन दिनको यो कार्यक्रममा अनुशासित भएर आफ्नो कर्तब्य पालना गर्दै कार्यक्रम सफल बनाउन आग्रह गर्नुभयो ।
कार्यक्रमका अतिथी एवम मेलम्ची नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष अमृत खनालले वालवालिकाले प्राप्त गरेको राम्रो अवसरलाई सदुपयोग गर्न आग्रह गर्नुभयो । उहाँले कार्यक्रम सम्पन्न पश्चात् आफुहरुलाई पनि भाषणकला सिकाउनुहुनेमा बिश्वस्त रहेको बताउनु भयो ।
उद्घाटन कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अशोक कुमार भट्टराई मेलम्ची नगरपालिका राजस्व शाखा तथा महिला बालबालिका तथा समावेशीकरण शाखाका प्रमुख राजेन्द्र दुलाल वालबालिका सहजकर्ता केशव पौडेल लगाएतको उपस्थिति रहेको थियो ।
मेलम्ची नगर वाल संजालका अध्यक्ष अस्मिता तामाङको अध्यक्षतामा भएको कार्यक्रममा मेलम्ची नगरपालिका भित्रका १३ वटा वडाका वाल संजालका दुई जना पदाधिकारी र नगर बाल संजाल का पदाधिकारी सदस्य गरि ४१ जनाको सहभागीता रहेको नगरपालिकाका राजस्व तथा महिला बालबालिका समावेशीकरण शाखाका प्रमुख राजेन्द्र दुलालले जानकारी दिनुभयो ।
![](https://rastriyaonline.com/wp-content/uploads/2024/05/384ed3e4-4615-4e61-9941-88dfd865e20a-1024x682.jpg)
![](https://rastriyaonline.com/wp-content/uploads/2024/05/6f1f8927-794b-4a72-8c86-3b2389dc7943-1024x682.jpg)
![](https://rastriyaonline.com/wp-content/uploads/2024/05/b15e421f-c175-49c9-b393-fdfec794696f-1024x682.jpg)
![](https://rastriyaonline.com/wp-content/uploads/2024/05/dbfb4809-4276-40c1-86c2-6560c1211acc-1024x682.jpg)
प्रतिक्रिया