भित्तेपत्रिका तयारी तथा आधारभुत पत्रकारिता तालिम सम्पन्न
![भित्तेपत्रिका तयारी तथा आधारभुत पत्रकारिता तालिम सम्पन्न](https://rastriyaonline.com/wp-content/uploads/2024/05/f04dd7c8-2eda-418a-a31b-1c877ad568ea.jpg)
![](https://rashtriyaonline.com/wp-content/uploads/2023/09/aa.png)
सनराइज सिन्धु मिडिया प्रा.लीको आयोजना र मेलम्ची नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित ३ दिने भित्तेपत्रिका तयारी तथा आधारभुत पत्रकारिता तालिम सम्पन्न भएको छ । तालिमको समापन गर्दै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले विद्यार्थीहरुमा भित्तेपत्रिका,आधारभूत पत्रकारीता सँगै कानुनी साक्षरताका कक्षाहरु समेत सञ्चालन गर्ने योजना रहेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका तामाङले अपराधिक गतिविधि न्युनीकरणका लागी समेत कानुनी साक्षरता आवश्यक रहेको बताउनुभयो । उहाँले तालिममा सिकेका विषयहरुलाई विद्यालयमा गएर लागुगर्न आग्रह गर्दै आगामी दिनमा समेत क्षमता विकासका लागी विविध कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । कार्यक्रममा सहभागी शिक्षक साधुराम,विद्यार्थी आशिष लामिछाने,शेषाकुमारी तामाङ लगायत तालिम फलदायी भएको बताउनुभयो । तालिमको सहजिकरण डम्बर रसिक भारतीले गर्नुभएको थियो भने १० वटा विद्यालयका २७ जना शिक्षक विद्यार्थीहरुको सहभागिता रहेको थियो । सनराइज सिन्धु मिडियाका प्रबन्ध निर्देशक सागर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा मेलम्ची १०का वडा अध्यक्ष अमृत खनाल,पत्रकार देवराज सुवेदी लगायतको उपस्थिती रहेको थियो ।
![](https://rastriyaonline.com/wp-content/uploads/2024/05/image_2024-05-26_155208121-1024x682.png)
![](https://rastriyaonline.com/wp-content/uploads/2024/05/b5cfc651-4e3f-4354-a043-04b0a0da9627-1024x682.jpg)
![](https://rastriyaonline.com/wp-content/uploads/2024/05/0eb3679f-a69a-4386-bbe3-8f7470befe02-1024x682.jpg)
![](https://rastriyaonline.com/wp-content/uploads/2024/05/7f3f1882-b44b-4f73-b83d-8a9caba0c3d5-1024x682.jpg)
प्रतिक्रिया