सिन्धुपाल्चोककै सबैभन्दा धेरै बेरुजु हेलम्बुको, बलेफीको सबैभन्दा कम
राष्ट्रिय अनलाइन
प्रकाशित: २०८१ जेठ १५ गते १५:०३
सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिका सबैभन्दा धेरै बेरुजु भएको गाउँपालिका बनेको छ । १२ स्थानीय तहहरु मध्ये सबै भन्दा कम बेरुजु भने बलेफी गाउँपालिकाको रहेको छ ।
१२ वटा स्थानीय तह रहेको सिन्धुपाल्चोकमा बलेफीले ० दशमलब ८० प्रतिशतअंक सहित कम बेरुजु रकम भएको पालिकाहरुमध्ये पहिलो बन्न सफल भएको छ । महालेखा परिक्षकको कार्यालयले गरेको लेखा परिक्षणपछि सार्वजनिक भएको प्रतिवेद अनुसार १२ वटा स्थानीय तह मध्ये सबैभन्दा कम बेरुजु भएको पहिलो सूचिमा बलेफी रहेको छ । सबैभन्दा बढी बेरुजु भएको पालिकामा भने हेलम्बु गाउँपालिका रहेको छ । कम बेरुजु भएको मध्ये सूचिको दोस्रो नम्बरमा त्रिपुरा सुन्दरी गाउँपालिका रहेको छ । उसले १ दशमलब २७ अंक प्राप्त गरेको छ । हेलम्बुले ४ दशमलब ८१ प्रतिशत बेरुजु बनाउँदा जुगल गाउँपालिकाले ४ दशमलब २७ अंक सहित अन्तिमबाट दोस्रो स्थानमा छ ।
प्रतिक्रिया