स्थानीय तहको न्यायिक अधिकार सम्बन्धी जिल्ला स्तरीय २ दिने अन्तरक्रिया मेलम्चीमा सुरु
![स्थानीय तहको न्यायिक अधिकार सम्बन्धी जिल्ला स्तरीय २ दिने अन्तरक्रिया मेलम्चीमा सुरु](https://rastriyaonline.com/wp-content/uploads/2024/05/6fe94a50-1d01-45b0-8a1b-a754e34f9cc7.jpg)
![](https://rashtriyaonline.com/wp-content/uploads/2023/09/aa.png)
मेलम्ची नगरपालिका न्यायिक समितिद्वारा आयोजित स्थानीय तहको विवाद, स्थानीय तहमै निरुपण हाम्रो अभियान भन्ने नारा सहित स्थानीय तहको न्यायिक अधिकार सम्बन्धी जिल्ला स्तरीय २ दिने अन्तरक्रिया तथा अनुभव आदन प्रदान कार्यक्रम मेलम्चीमा सुरु भएको छ । कार्यक्रमको मंगलबार मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ तथा उपप्रमुख उमा प्रधानले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा सम्बोधन गर्नुहुँदै प्रमुख अतिथी मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले यस कार्यक्रममा प्रशिक्षक हरुले विभिन्न विषयमा जानकारी गराउने र यसले न्यायिक कार्य र उपप्रमुखले गर्ने कार्यमा सहज हुने बिश्वास व्यक्त गर्नुभयो । उहाँले न्यायिक समितिलाई थप बजेट व्यवस्थापन गरेर अझ सहज बनाउन सहयोग गर्न आफू तयार रहेको बताउनुभयो । कार्यक्रमको उदेश्यबारे प्रस्ट पार्नु हुँदै न्यायिक समिति सदस्य श्रीकृष्ण श्रेष्ठले यस कार्यक्रमले अनुभव आदनप्रदान संगै कार्य सम्पादनका लागि थप सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।उहाँले कार्यक्रममा न्यायिक समितिले काम गर्दा भएका अफ्टेरो, नियम , कानुन लगायत विषयमा छलफल गरिने बताउनुभयो ।
कार्यक्रममा जिल्लाका १२ स्थानीय तहको उपप्रमुख लगायतको उपस्थिति रहेको छ ।
![](https://rastriyaonline.com/wp-content/uploads/2024/05/74c15f70-0405-4ce3-a46b-6bcdd851b4d3-1024x682.jpg)
![](https://rastriyaonline.com/wp-content/uploads/2024/05/e4656718-5b96-4fa5-9a80-02ab40976518-1024x682.jpg)
![](https://rastriyaonline.com/wp-content/uploads/2024/05/4fe76798-800d-4d2d-a96a-076173798eea-1024x682.jpg)
![](https://rastriyaonline.com/wp-content/uploads/2024/05/6f8ce6b1-33e9-4b21-a37a-06631380ffc8-1024x682.jpg)
प्रतिक्रिया