जिल्ला स्तरीय शिक्षक भलिबल मेलम्ची र इन्द्रावती सेमिफाइनलमा
सिन्धुपाल्चोक , १८ जेठ
पाँचपोखरी थाङपाल गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित जिल्ला स्तरीय शिक्षक भलिबल प्रतियोगितामा बलेफी गाउँपालिका लाई पराजित गर्दै मेलम्ची नगरपालिका सेमिफाइनल प्रबेश गरेको छ ।आज सम्पन्न क्वाटरफाइनलको पहिलो खेलमा बलेफिलाई सोझो सेटमा पराजित गरेको हो । त्यस्तै दोश्रो क्वाटरफाइनलमा सुनकोशी गाउँपालिकालाई सोझो सेटमा पराजित गर्दै इन्द्रावती गाउँपालिका सेमिफाइनलमा पुगेको छ । भोलि हुने तेस्रो क्वाटरफाइनल खेलमा हेलम्बु र जुगल तथा चौथोमा पाँचपोखरी ए र चौतारा साँगाचोक गढी नगरपालिका भिड्ने छन ।थाङपाल भ्याली माध्यमिक विद्यालय पाँचपोखरी थाङपाल गाउँपालिका (४ मा प्रतियोगिताको उद्घाटन गर्नुहुँदै पालिका अध्यक्ष टासी लामाले शिक्षण पेशा सम्मानित पेशा रहेको बताउँदै उहाँहरु प्रति उच्च सम्मान रहेको बताउनुभयो ।उहाँले पेशासंगै शिक्षकको अन्य शृजनशिल कार्यक्रममा सहभागीताका लागि पालिकाले प्रतियोगिता आयोजना गरेको बताउनुभयो ।उहाँले खेलको माध्यमबाट पाँचपोखरीको पर्यटन प्रबर्द्धन हुने बिश्वास ब्यक्त गर्नुभयो । उद्घाटन कार्यक्रममा पाँचपोखरी थाङपाल गाउँपालिकाका उपाध्यक्ष सुनिता अधिकारी, वडा नम्बर ३ का अध्यक्ष ङिमा छिरिङ तामाङ, थाङपाल भ्याली माबिका अध्यक्ष अध्यक्ष सुन्दर सापकोटा, विभिन्न विद्यालयका प्रधानाध्यापक, जनप्रतिनिधि लगायतको उपस्तिथि रहेको थियो ।दुई दिने प्रतियोगितामा जिल्लाका ८ पालिकाका ९ टिम सहभागी रहेको पाँचपोखरी खेलकुद विकास समितिका संयोजक ग्याल्बो साम्देनले जानकारी दिनुभयो ।प्रतियोगितामा पाँचपोखरी थाङपाल गाउँपालिकाका २ टिम, मेलम्ची नगरपालिका , इन्द्रावती गाउँपालिका , चौतारा सागाँचोकगढि नगरपालिका, जुगल गाउँपालिका , बलेफी गाउँपालिका, हेलम्बु गाउँपालिका, सुनकोशी गाउँपालिकाको सहभागीता रहेको छ ।प्रतियोगितामा पहिलो, दोश्रो र तेस्रो हुनेले क्रमशस् ५० , ३० र २० हजार नगद र शिल्ड , मेडल प्राप्त गर्ने छन ।
प्रतिक्रिया