बाल बिबाह न्यूनीकरणका लागी सडक नाटक प्रदर्शन
![बाल बिबाह न्यूनीकरणका लागी सडक नाटक प्रदर्शन](https://rastriyaonline.com/wp-content/uploads/2024/05/444502570_434677552613726_1912235236755987413_n.jpg)
![](https://rashtriyaonline.com/wp-content/uploads/2023/09/aa.png)
उज्ज्वल तारा महिला सिर्जनशील समुहले मेलम्ची १२ बाहुनेपाटि स्थित जालपादेवी माध्यमिक विद्यालयमा सडक नाटक प्रदर्शन गरेको छ । अहिले बालबालिकाका लागेको मोबाइलको लत, मोबाइलको गलत प्रयोगले निम्त्याउने दुर्घटना र भोग्नुपर्ने समस्यालाई समेटेर तयार पारिएको नाटकले बालबालिका र समुदायमा मोबाइल संगै प्रबिधिको गलत प्रयोग नगर्नका लागी सन्देश दिएको थियो । बुबा आमाले भनेको नमान्ने र अपरिचित ब्यक्तिसंग मायाजालमा परेपछि नाटककि पात्र मस्यौरीले पाएको दुस्खले बालबालिकामा सचेतना मिल्ने अपेक्षा गरिएको उज्ज्वल तारा महिला सिर्जनशील सामुहकि अध्यक्ष नमुना चालिसेले बताउनुभयो ।
![](https://rastriyaonline.com/wp-content/uploads/2024/05/444488723_434676669280481_3264108689231536892_n-1024x683.jpg)
![](https://rastriyaonline.com/wp-content/uploads/2024/05/444912412_434677492613732_9146860192704132843_n-1024x683.jpg)
नाटक प्रदर्शन पछि उपप्रमुख उमा प्रधानले यस्तै सन्देश मुलुक नाटक प्रदर्शन गर्ने कुरामा विद्यालयको बालक्लव र बालसन्जाल हरु सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । उहाँले नगरपालिका लाईनै बालमैत्री पालिका घोषणा गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको उल्लेख गर्दै बालमैत्री वडा घोषणा गर्नका लागी आवश्यक सुचक पुरा गर्न सबैको भुमिका महत्त्वपूर्ण हुने बताउनुभयो । उपप्रमुख प्रधानले अहिले प्रत्येक बालबालिकाको हातमा मोबाईल रहेको उल्लेख गर्दै त्यसलाई दुरुपयोग नगर्न समेत आग्रह गर्नुभयो । अहिले प्रबिधिको युगमा मोबाइल बाट धेरैकुरा सिक्न पाइने भएकाले त्यसलाई सदुपयोग गर्ने र सन्देश मुलक सामाग्री बनाउन समेत सुझाव दिनुभयो ।
![](https://rastriyaonline.com/wp-content/uploads/2024/05/445929803_467151849179498_4241628124392265044_n-1024x576.jpg)
![](https://rastriyaonline.com/wp-content/uploads/2024/05/444785201_434677712613710_6741597471142846999_n-1024x683.jpg)
![](https://rastriyaonline.com/wp-content/uploads/2024/05/444458193_434677112613770_5173591848579492001_n-1024x683.jpg)
वडा नम्बर १२ का अध्यक्ष गणेश तामाङले विद्यार्थी र समुदायको लागी चेतना मुलुक नाटक निकै महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले स्थानीय दिदिबहिनी हरुबाटै तयार पारिएको सन्देशले हाम्रो समाजको जल्दोबल्दो समस्यालाई देखाएको बताउनुभयो । अध्यक्ष तामाङले आगामी दिनमा यस्तै कार्यक्रम आवश्यक परेमा समेत सहजीकरण र समन्वयका लागी वडा सधैं तत्पर रहेको बताउनुभयो । मेलम्ची नगरपालिकाको आर्थिक सहयोग र महिला समुहको आयोजनामा तयार पारिएको सडक नाटक १७ गते इन्द्रेश्वरी माध्यमिक विद्यालय मेलम्ची र तेर्से माध्यमिक विद्यालय तालामाराङमा प्रदर्शन गरेको थियो ।
![](https://rastriyaonline.com/wp-content/uploads/2024/05/444487270_434677699280378_4781078983723593788_n-1024x683.jpg)
प्रतिक्रिया