अपांगता भएका व्यक्तिहरुको यौन तथा प्रजन्न स्वास्थ्य र अधिकार सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न
![अपांगता भएका व्यक्तिहरुको यौन तथा प्रजन्न स्वास्थ्य र अधिकार सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न](https://rastriyaonline.com/wp-content/uploads/2024/06/816e83ad-2f90-44b1-8162-d4893d61a781.jpeg)
![](https://rashtriyaonline.com/wp-content/uploads/2023/09/aa.png)
अपांगता भएका व्यक्तिहरुको यौन तथा प्रजन्न स्वास्थ्य र अधिकार सम्बन्धी एक दिने सचेतनामुलक कार्यक्रम मेलम्चीमा गरिएको छ । बगमती प्रदेश सरकारको आर्थिक सहयोग, मेलम्ची नगरपालिकाको समन्वय तथा अपांगता मञ्च मेलम्चीद्धारा आयोजित समुदायमा आधारित पूर्णस्थापना कार्यक्रम अन्र्तगत अपांगता भएका व्यक्तिहरुको यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धी एक दिने तालिम गरिएको नगर अपांग सञ्जाल मेलम्चीका अध्यक्ष सोमकुमार दुलालले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रशिक्षक निर श्रेष्ठले प्रजन्न स्वास्थ्य र अधिकार, व्यक्तिगत स्वतन्त्रता र सुरक्षाको हक, सुचना र शिक्षा प्राप्तीको हक, स्वतन्त्र विचार राख्न पाउने हक अधिकारको बारेमा सहभागिलाई जानकारी गराउनुभयो । कार्यक्रममा २७ जनाको सहभागीता रहेको थियो ।
![](https://rastriyaonline.com/wp-content/uploads/2024/06/aaa6d3ac-1e46-4fba-b15c-6f6b24efdcee-1024x771.jpeg)
कार्यक्रममा मेलम्ची नगरपालिका वडा नम्बर १० का अध्यक्ष अमृत खनाल,मेलम्ची ११की वडा सदस्य प्रतिमा धिताल, नगर अपांग सञ्जालका अध्यक्ष सोमकुमार दुलाल, नगरपालिकाकी कर्मचारी प्रेरणा पराजुली, महिला आत्म निर्भरता केन्द्र मांककी अध्यक्ष सञ्चमाया स्याङबो, टुकि सघं सुनकोशिका परियोजना संयोजक महेन्द्र कार्की लयाएतको उपस्थिति रहेको थियो । नगरपालिका स्वास्थ्य शाखा प्रमुख अस्मिता सापकोटाको अध्यक्षतामा भएको कार्यक्रम मेलम्ची नगर अस्पतालका डा.श्रीराम अर्यालले सञ्चालन गर्नुभएको थियो ।
प्रतिक्रिया