नेकपा माओवादी केन्द्र मेलम्ची ११को वडा कमिटि अध्यक्षमा प्रेमबहादुर तामाङ
![नेकपा माओवादी केन्द्र मेलम्ची ११को वडा कमिटि अध्यक्षमा प्रेमबहादुर तामाङ](https://rastriyaonline.com/wp-content/uploads/2024/06/441999665_1154047856010500_8092703272499168845_n.jpg)
![](https://rashtriyaonline.com/wp-content/uploads/2023/09/aa.png)
नेकपा माओवादी केन्द्र मेलम्ची नगरपालिका वडा नम्बर ११को वडा कमिटि अध्यक्षमा प्रेमबहादुर तामाङ निर्वाचित हुनुभएको छ । आज भएको दोस्रो वडा सम्मेलनबाट अध्यक्षमा तामाङ सहित उपाध्यक्षमा शालिगराम दुलाल,सचीवमा उद्धव चालिसे,सहसचिवमा शिवसरण श्रेष्ठ र कोषाध्यक्षमा सर्मिला सापकोटा सहित २९ सदस्यीय कमिटि गठन गरिएको अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सदस्य तोकबहादुर तामाङले जानकारी दिनुभयो । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सांसद तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य माधव सापकोटा सुवोधको प्रमुख आतिथ्य तथा चन्द्रबहादुर थापा किशोरको विशेष आतिथ्यमा भएको सम्मेलनबाट निर्वाचित कमिटिलाई सांसद सापकोटाले सपथ खुवानुभएको हो ।
![](https://rastriyaonline.com/wp-content/uploads/2024/06/441503629_1116379772797542_5014208083392476083_n-1024x768.jpg)
प्रतिक्रिया