ठेकेदारका कारण मुख्य सडक ब्यबस्थित गर्न सकिएन : अध्यक्ष लामा
पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले ठेकेदारको लापरबाहीका कारण मुख्य सडक पक्की र ब्यबस्थित गर्न नसकिएको बताउनुभएको छ । जनप्रतिनिधि भइ काम गर्ने अभिभारा पाएदेखि निरन्तर रूपमा मुख्य सडकहरुको कालोपत्रे निर्माणका लागि लडि रहेको भन्दै अध्यक्ष लामाले सफल हुन नसकेको स्वीकार गर्नुभयो ।
सामाजिक संजाल फेसबुकमा स्ट्याटस लेख्दै लामाले गाउँपालिकाको आन्तरिक स्रोत अत्यन्तै न्यून भएको कारण योजना अनुसार काम गर्न नसकेको बताउनुभएको छ । अध्यक्ष लामाले लेख्नुभएको छ । “मेलम्ची भोताङ अथवा पाँचपोखरी पर्यटन मोटर बाटो निर्माणका लागि गरिएको अथक प्रयास पछि बल्लतल्ल टेन्डर भइ काम गर्दै गर्दा ठेकेदारले काम बिचैमा छोडी हाल जाजरकोट जिल्लाको छेडेगाड नगरपालिकाको कुनै एक पार्टीको मेयर भएर बसेका छन।सडक बिभाग दोलखा चरिकोटले ठेक्का रद्द गर्यो,तर ठेकेदारले उल्टै उच्च अदालतमा मुद्दा दिएको कारण हामीले समयमै सो जोखिमयुक्त उत्तिसघारीमा काम गर्न पाइएन।उच्च अदालतले चैतको अन्तिम हप्तामा बल्ल रिट खारेज गरेपछि काम गर्ने बाटो खुलेको अवस्था भएको जनकारी गराउन चहान्छु´´।
खाल्डेखोला नजिकै उत्तिसघारीमा हरेक वर्ष खोलाले बाटो काट्ने र माथिबाट सर्वसाधारण जनताको खेत बग्ने समस्याले झन झोखिम निम्त्याएको अध्यक्ष लामाले उल्लेख गर्नुभएको छ । मेलम्ची खानेपानी आयोजनालाइ उक्त बाटो बनाउन पटकपटक अनुरोध गरे पनि प्रतिबद्धता बाहेक केहि पाउन नसकेको भन्दै गाउँपालिकाको आन्तरिक स्रोतले धान्न नसक्ने अवस्था हुँदाहुदै पनि पालिकाले आफ्नै स्रोतबाट उत्तिसघारीमा मर्मतसम्भार गर्दै आएको लामाले दावी गर्नुभयो । पालिकाले गरेका काममा विभिन्न टिका टिप्पणी भएको स्मरण गर्दै उहाँले म भए सक्थे कि सक्दिनथिएँ ? भनेर सबैलाई मनन गर्नका लागी आह्वान गर्नुभएको छ । लामाले सबैलाई आग्रह गर्दै जनताको हितमा काम गर्नका लागी आग्रह समेत गर्नुभएको छ । इच्छा चाहना हुँदाहुदै पनि अदालतमा फटाह ठेकेदारले उल्टै मुद्दा दिएको कारणले सडक खुल्न ढिलो भएकोमा म हृदयदेखीनै माफी चहान्छु लामाले भन्नुभयो
प्रतिक्रिया