मानव वेचविखन तथा ओसारपसार मुद्दामा फरार पाँचपोखरीका प्रतिवादी ३० वर्षपछि पक्राउ
![मानव वेचविखन तथा ओसारपसार मुद्दामा फरार पाँचपोखरीका प्रतिवादी ३० वर्षपछि पक्राउ](https://rastriyaonline.com/wp-content/uploads/2024/06/840cff63-db94-4e52-a75f-bcb3234ed04f.jpg)
![](https://rashtriyaonline.com/wp-content/uploads/2023/09/aa.png)
सिन्धुपाल्चोक । मानव वेचविखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी ३० बर्षपछि पक्राउ परेका छन् । जिल्लाको साविक बरुवा गा.वि.स. वडा नं ८ हाल पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं २ बस्ने वर्ष ६९ को नारायण बिक्रम सिलवाललाई ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक भगवती तिमल्सेना समेतको प्रहरी टोलीले जेठ २० गते आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक निरन्जन भट्टराईले जानकारी दिनुभयो । २०३९ साल बैशाखदेखी फरार प्रतिवादीले २ जना युवतीलाई ललाई फकाई विभिन्न प्रलोभनमा पारी भारतको कलकत्ता र बम्बई शहरमा पुर्याई भा.रु. ४०,०००। (चालिस हजार) मा बिक्री गरेको बताइएको छ । प्रतिवादीलाई जिल्ला अदालतबाट ४ दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया