न्यायिक समितिलाई थप प्रभावकारी बनाउन मेलम्चीमा १३ स्थानमा न्यायिक तथा कानुनी साक्षरता कार्यक्रम सम्पन्न
![न्यायिक समितिलाई थप प्रभावकारी बनाउन मेलम्चीमा १३ स्थानमा न्यायिक तथा कानुनी साक्षरता कार्यक्रम सम्पन्न](https://rastriyaonline.com/wp-content/uploads/2024/06/Messenger_creation_8f8064ec-cd7a-45ff-9cbb-9630b6c790b2.jpeg)
![](https://rashtriyaonline.com/wp-content/uploads/2023/09/aa.png)
मेलम्ची नगरपालिकाकाे आयाेजना र नगरस्तरिय सामुदायिक मेलमिलाप केन्द्रकाे समन्वय तथा सहजिकरणमा मिति २०८१ साल जेठ ८ गते देखि २१ गते सम्म मेलम्ची नगरिालिकाका १३ वडा वडाका सामुदायिक विद्यालयहरूमा न्यायिक तथा कानुनी साक्षरता कार्यक्रम सञ्चालन भई सम्पन्न भएकाे छ।
कार्यक्रममा मेलम्ची नगरपालिका प्रत्येक वडामा रहेका मेलमिलाप केन्द्रकाे परिचय,न्यायिक समितिकाे परिचय मेलमिलाप तथा न्यायिक समितिद्वारा निरूपण हुने विवादहरू र घर,परिवार,टाेल र समुदायमा विवाद पर्दा विवाद समाधानको लागि कहाँ जाने प्रकृया के छ साेहि बिषयमा बालबालिकाहरूलाई अभिमुखिकरण गरिएकाे थियाे ।
कार्यक्रमकाे अनुगमन मेलम्ची नगरपालिका उपप्रमुख तथा न्यायिक समिति सदस्यहरूले गर्नुभएकाे छ । अनुगमनका क्रममा बाेल्दै मेलम्ची नगरपालिका उपप्रमुख तथा न्यायिक समिति संयाेजक उमा प्रधानले बालबालिका भविष्यका कर्णधार हुन तपाईंहरूले आफ्नो समुदाय र समाज सभ्य बनाउन आजैबाट लाग्नुपर्छ गाउँमा स -साना विवादहरू पर्दा अदालत धाउने परिपाटीलाई अब निर्मुल बनाई स्थानीय तहकाे विवाद स्थानीय तहमा नै निरूपण गर्ने र विवादकाे सट्टा अब मेलमिलापको बाटाे अपनाउन तपाईंहरू आफ्नो घर, परिवार, छिमेक देखि लाग्नुस भनी आग्रह गर्नुभयाे ।
त्यस्तै कार्यक्रमा नगरस्तरीय सामुदायिक मेलमिलाप केन्द्रका संयाेजक विष्णुप्रसाद ढुङ्गानले कार्यक्रमले १३ वटा वडाका ८०० जना बालबालिकाले लाभ लिएकाे र भावि दिनमा आफुले सिकेका कुरा बालबालिकाहरूले आफ्नाे घर,परिवार,समुदाय र साथिहरूलाई बताउने कुरामा आफू विश्वस्त भएकाे र कार्यक्रमले सभ्य र समुन्नत समुदायकाे खाका काेर्न सहज हुने कुरा बताउनु भयाे ।
कार्यक्रममा वडा अध्यक्ष,न्यायिक सम्पर्क व्यक्ति,नगरस्तरीय मेलमिलाप संञ्जालका पदाधिकारी मेलमिलापकर्ताहरू लगायतकाे उपस्थिति रहेकाे थियाे ।
![](https://rastriyaonline.com/wp-content/uploads/2024/06/Messenger_creation_528e9942-84e6-4fe3-a1e7-2b046dff7f7b-1024x768.jpeg)
![](https://rastriyaonline.com/wp-content/uploads/2024/06/Messenger_creation_4b6d1ba2-1001-488e-bf09-92083edd99fc-1024x768.jpeg)
![](https://rastriyaonline.com/wp-content/uploads/2024/06/Messenger_creation_7c11f1e7-d9d3-499b-92ba-993cba9386ea-1024x768.jpeg)
प्रतिक्रिया