भारतीय प्रधानमन्त्री मोदीले दिए राजीनामा
राष्ट्रिय अनलाइन
प्रकाशित: २०८१ जेठ २३ गते १६:०६
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन् । उनले बुधवार राष्ट्रपति द्रौपदी मुर्मुलाई राजीनामा बुझाएका हुन् ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार मोदीको राजीनामासँगै उनले मन्त्रिपरिषद् विघटन गर्न पनि सिफारिस गरेका छन् ।
बुधवार बसेको मन्त्रिपरिषद बैठकले १७ औँ लोकसभा विघटन गर्न सिफारिस गरेसँगै उनले राष्ट्रपति समक्ष राजीनामा बुझाएको रिपोर्टमा उल्लेख छ । मोदीले आगामी जुन ८ मा भारतका प्रधानमन्त्रीको रूपमा तेस्रो पटक शपथ लिन सक्ने जनाइएको छ ।
हालै सम्पन्न लोकसभा चुनावमा मोदी नेतृत्वको भाजपाले एकल बहुमत ल्याउनबाट चुके पछि उनी एनडीए गठबन्धन मार्फत तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्न लागेका हुन् ।
लोकसभा चुनावमा भाजपाले २४० सिट जितेको छ जबकि भारतमा बहुमतको लागि २७२ सिट आवश्यक हुन्छ ।
प्रतिक्रिया