मेलम्चीमा प्रभातफेरी सहित कोण सभा गरेर बिश्व वातावरण दिवस मनाइयो
![मेलम्चीमा प्रभातफेरी सहित कोण सभा गरेर बिश्व वातावरण दिवस मनाइयो](https://rastriyaonline.com/wp-content/uploads/2024/06/53b0c0e0-dcc0-4e9c-bc3b-a5f223313eda.jpeg)
![](https://rashtriyaonline.com/wp-content/uploads/2023/09/aa.png)
सिन्धुपाल्चोक । करुणा ट्रस्टको आर्थिक सहयोग रीड नेपालको आयोजना मेलम्ची नगरपालिका र इन्द्रेश्वरी माध्यामिक विद्यालयको समन्वयमा बिश्व वातावरण दिवस २०२४ को अवसरमा हाम्रो भुमी हाम्रो भविष्य भन्ने नारा सहित बिश्व वातावरण दिवस मनाइएको छ ।
मेलम्ची ११ स्थित मेलम्ची पोलिक्लिनिक बाट सुरु भएको प्रभातफेरी कार्यक्रम मेलम्ची हेलम्बु बसपार्क सम्म पुगि कोणसभा गरेर सम्पन्न गरीएको थियो ।
कोणसभामा बोल्दै मेलम्ची नगरपालिकाका उप प्रमुख उमा प्रधानले अहिलेको समयमा मौसम बदलिका कारण मानव जिवनमा धेरै असर परेको बताउनुभयो । उहाँले मौसम परिवर्तनका कारण हामिले विभिन्न विपत्ती हरुको समेत सामना गर्नुपरेको स्मरण गर्दै यस्ता विपत्ति बाट जोगिन सबैमा आग्रह गर्नुभयो । उप प्रमुख प्रधानले वातावरण दिवसको अवसरमा विद्यार्थीहरुलाई प्रभातफेरीमा समावेश गर्नुको कारण उनीहरु मार्फत समुदायमा सुचना पुर्याउनुहुनेछ भन्ने उदेश्य रहेको र सबैलाई दिवसको अवसरमा मात्र नभई सँधै वातावरण लाई स्वच्छ, सफा राख्न आग्रह गर्नुभयो ।
कार्यक्रममा मेलम्ची नगरपालिका स्वास्थ्य शाखाका प्रमुख अस्मिता सापकोटा, वाताबरण अधिकृत सुजन दुलाल इन्द्रेश्वरी माध्यामिक विद्यालयका प्रधानाध्यापक देवी श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
![](https://rastriyaonline.com/wp-content/uploads/2024/06/f3bd6d58-e800-4d44-960a-6d722bcd9267-1024x682.jpeg)
![](https://rastriyaonline.com/wp-content/uploads/2024/06/bb0a2a03-e127-43c2-9e0f-098a1204a6c3-1024x682.jpeg)
![](https://rastriyaonline.com/wp-content/uploads/2024/06/9524a093-4257-4969-b741-6e74d41b4855-1024x682.jpeg)
![](https://rastriyaonline.com/wp-content/uploads/2024/06/2d63d242-33f0-41fd-b844-1d1abb89c649-1024x682.jpeg)
प्रतिक्रिया