विश्व वातावरण दिवसको अवसरमा मेलम्चीमा वृक्षारोपण कार्यक्रम सम्पन्न
![विश्व वातावरण दिवसको अवसरमा मेलम्चीमा वृक्षारोपण कार्यक्रम सम्पन्न](https://rastriyaonline.com/wp-content/uploads/2024/06/7042668e-c3b5-42ff-8a9d-9eb391fbe81b.jpeg)
![](https://rashtriyaonline.com/wp-content/uploads/2023/09/aa.png)
![](https://rastriyaonline.com/wp-content/uploads/2024/06/Melamchi-Sandesh.jpg)
विश्व वातावरण दिवसको अवसरमा “हाम्रो भुमी, हाम्रो भविष्य“ भन्ने नाराका साथ मेलम्ची नगरपालिका को आयोजनामा मेलम्चीमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।
मेलम्ची नगरपालिकाको निर्माणाधीन मेलम्ची नगर अस्पतालको प्राङ्गणमा विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण कार्य गरीएको हो । कार्यक्रममा बोल्दै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ्ले समाजलाई स्वच्छ, सफा र हराभरा बनाउने दायित्व सबैमा हुनुपर्ने भन्दै व्यक्ति सचेत भएमा मात्र वातावरण स्वतः सफा हुने बताउनुभयो ।
कार्यक्रममा मेलम्ची नगरपालिकाका उप प्रमुख उमा प्रधान, मेलम्ची नगरपालिका स्वास्थ्य शाखाका प्रमुख अस्मिता सापकोटा, कृषी शाखाका प्रमुख अमरनाथ आचार्य, मेलम्ची नगरपालिका वडा नम्बर ११ का वडा सदस्य रेवती रमण दुलाल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानियको पनि सहभागिता रहेको मेलम्ची नगरपालिकाका वातावरण अधिकृत सुजन दुलालले जानकारी दिनुभयो । विश्व वातावरण दिवसको अवसरमा धुपी, तेजपत्ता, कपुर जस्ता विभिन्न ९ प्रजातिका बिरुवा रोपिएको अधिकृत दुलालले जानकारी दिनुभयो ।
![](https://rastriyaonline.com/wp-content/uploads/2024/06/c709c3f8-db4c-4217-b336-90cb4d3288b3-1024x682.jpeg)
![](https://rastriyaonline.com/wp-content/uploads/2024/06/b2a68a1e-e96a-4196-b52e-99e8a7d894c7-1024x682.jpeg)
![](https://rastriyaonline.com/wp-content/uploads/2024/06/034d78c5-39a9-4127-b0e3-527054922b03-1024x682.jpeg)
![](https://rastriyaonline.com/wp-content/uploads/2024/06/eea4058c-cb94-4363-8161-e47180c3ee65-1024x682.jpeg)
![](https://rastriyaonline.com/wp-content/uploads/2024/06/558bf4d3-1290-4c45-83d3-3418f13b6876-1-1024x682.jpeg)
प्रतिक्रिया