शालिकराम अधिकारीको संयोजकत्वमा नयाँ कमिटी गठन गर्दै एमाले मेलम्चीको बैठक सम्पन्न
नेकपा एमाले मेलम्ची नगर कमिटीको १६औं पुर्ण बैठक सम्पन्न भएको छ । नेकपा एमालेका केन्द्रिय अनुशासन आयोग सदस्य डम्बर अर्यालको प्रमुख आतिथ्यमा बसेको बैठकले शालिकराम अधिकारीको संयोजकत्वमा १०१ सदस्यीय नगर कमिटी गठन गरेको । अधिकारी यसअघि नगर कमिटी सचीव हुनुहुन्थ्यो ।
आजको बैठकले नगर भित्रका संगठित सदस्यहरुको सदस्यता जेठ मशान्त सम्म नवीकरण गर्ने र संगठीत सदस्य सक्दो बढाउने निर्णय गरेको संयोजक अधिकारीले जानकारी दिनुभयो । पार्टीको नगर अधिवेशन ६ महिना भित्र गर्ने निर्णय भएको एमाले जिल्ला कमिटी सचीव कृष्णगोपाल तामाङले जानकारी दिनुभयो । बैठकमा बागमती प्रदेश कमिटी सचिवालय सदस्य एवम स्कुल विभाग प्रमुख बालकृष्ण देउजा, प्रदेश कमिटी सदस्य अशोक चौलागाईं,जिल्ला कमिटी उपाध्यक्ष अर्जुन भन्डारी सचिव कृष्ण गोपाल तामाङ, जिल्ला तथा नगर कमिटीका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया