पाँचपोखरी थाङपाल २ बरुवा महिखर्कमा झोलुङ्गे पुल निर्माण
![पाँचपोखरी थाङपाल २ बरुवा महिखर्कमा झोलुङ्गे पुल निर्माण](https://rastriyaonline.com/wp-content/uploads/2024/06/447975123_416404308050981_5061995305822566103_n.jpg)
![](https://rashtriyaonline.com/wp-content/uploads/2023/09/aa.png)
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर २ बरुवा महिखर्कमा निर्मित झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । गाउँपालिकाका अध्यक्ष टासी लामाले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको हो ।
![](https://rastriyaonline.com/wp-content/uploads/2024/06/447976145_416387448052667_7811661490599206357_n-1024x461.jpg)
पुल बनेसँगै हिमाली भेगको अति विकट रिपार ,माईखर्क लघाङ ,बघाङका नागरिकलाई सहज हुने गाउँपालिकाका अध्यक्ष टासी लामाले बताउनुभयो ।
पुल निर्माणसँगै बर्षौ देखि भोग्दै आएको दुःख हटेको स्थानीयले बताएका छन् । गाउँपालिकाले अति आवश्यक रहेको स्थानहरुमा झोलुङ्गे पुलको निमार्ण गर्दै आएको अधयक्ष लामाले बताउनभयो । उहाँले हालसम्म ११ वटा पुल निमार्ण भएको र अझै केहि स्थानहरुमा पुल निमार्ण कार्य भइरहेको जानकारी दिनुभयो
१०४ मिटर लामो झोलुङ्गे पुल ५८ लाख ९ हजारमा निमार्ण भएको हो । पुल बनेसँगै स्थानिय कर्मसिंह तामाङले खुशि ब्यक्त गर्नुभयो ।
![](https://rastriyaonline.com/wp-content/uploads/2024/06/447901656_416404121384333_4170578187786755343_n-1024x683.jpg)
प्रतिक्रिया