उद्घोषण तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न
मेलम्ची नगरपालिकाको आर्थिक सहयोग र नगरस्तरीय दलित साँझा सञ्जालले आयोजना गरेको उद्घोषण तथा क्षमता अभिवृद्धि तालिम आज मेलम्चीमा सम्पन्न भएको छ । उद्घोषण तथा क्षमता अभिवृद्धि तालिम ३ दिनसम्म भएको थियो । तालिममा १३ ओटा वडाका जनप्रतिनिधि लगाएत २५ जना भन्दा बढी सहभागी रहेका थिए ।
कार्यक्रममा संस्थाको पूर्व अध्यक्ष दिल बहादुर नेपालीले सहभागीहरुलाई नगरको बजेट मात्र खेर नफाली सिकेका कुरा व्यवहारमा लागु गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै उहाँले सहभागीहरुलाई कुनै पनि हिसांत्मक कार्य भएमा समस्या लिएर आउन आग्रह गर्दै समस्याको समाधान गर्न सक्ने बताउनुभयो
कार्यक्रमका प्रशिक्षक डम्बर रसिक भारतीले जनमासमा र मष्तिस्क सम्म आफ्ना कुरा पुर्याउने गरी लाग्न प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभयो । उहाँले उद्घोषण कला रउद्घोषकमा हुनु पर्ने गुणहरुको बारेमा प्रशिक्षर्थीहरुलाई जानकारी गराउनुभयो ।
कार्यक्रममा सञ्जालका पूर्व अध्यक्ष दिल बहादुर नेपाली, सस्थाका अध्यक्ष हरिबहादुर विश्वकर्मा, कार्यपालिका सदस्य दिपक बोगटी, कुमारी वि.क लगायतको सहभागीता थियो । कार्यक्रमको सहजीकरण रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारती र चण्डिका नेपालीले गर्नुभएको थियो ।
कार्यक्रममा सहभागी कमल बहादुर मिजारले तालिम फलदायी रहेको र आफ्नो गाउँ ठाउँमा पनि अरुलाई सिकाउन सक्ने बताउनुभयो । सञ्जालका अध्यक्ष हरिबहादुर विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रम टिका वि.क ले सञ्चालन गर्नुभएको थियो ।
प्रतिक्रिया