पाँचपोखरी थाङपाल गाउँपालिका द्वारा डा. सृजना र खेलाडी दिकि स्याङ्बो सम्मानित
पाँचपोखरी थाङ्पाल गाउँपालिकाले १ जना डाक्टर र १ जना खेलाडीलाई सम्मान गरेको छ । वडा नम्बर ६ धापमा जन्मिएर थाङपालधाप माध्यमिक विद्यालयबाट एल एल सी उतिर्ण गरि शैक्षिक यात्रालाई निरन्तरता दिदै मित्र राष्ट्र चिनको TIANJIN UNIVERSITY बाट MBBS उतिर्ण गरि समग्र गाउँपालिकाको नामलाई उज्ज्वल बनाएको भन्दै डाक्टर सृजना वाइबालाई सम्मान गरिएको हो ।
त्यस्तै वडा नम्बर २ बरुवामा जन्मिएर साफ १६ बर्स मुनिको महिला राष्ट्रिय टिममा छनोट भइ अन्तर्राष्ट्रिय फुटबल खेलमा सहभागी हुनुभएकी दिकि स्याङ्बो तामाङले गाउँपालिकाको नाम अन्तर्राष्ट्रिय स्तरमा समेत चिनाउन सफल भएकोमा बधाई तथा आगामी दिनमा सफलताको कामना गर्दै कदर पत्रले सम्मान गरिएको हो ।
विद्यार्थीहरुलाई उर्जा र हौसला प्राप्त होस् भनेर गाउँपालिकामा आयोजित नमुना युवा संसद कार्यक्रम २०८१को अवसरमा कदर पत्र सहित नगद ५० हजारले सम्मान गरिएको गाउँपालिका खेलकुद विकास समिति संयोजक ग्याल्बो साम्देन तामाङले जानकारी दिनुभयो ।
गाउँपालिकाका अध्यक्ष टासी लामा,उपाध्यक्ष सुनिता अधिकारी,प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइँकेलले सम्मान गर्नुभएको हो । सम्मान पछि आफ्नो भनाइ राख्दै डाक्टर सृजना वाइबाले शैक्षिक क्षेत्रमा निरन्तर लाग्न आग्रह गर्नुभयो । उहाँले अहिले देखीनै मिहेनत गर्ने हो भने एकदिन आफु जस्तै सफल भइने भन्दै निरन्तरता दिन आग्रह गर्नुभयो । सम्मानित हुन पाउदा खुशी लागेको भन्दै वाइबाले सधैं साथ र सहयोगको अपेक्षा गर्नुभयो । त्यस्तै खेलाडी दिकि स्याङ्बोले आगामी दिनमा राष्ट्रिय स्तरको खेलाडी बनेर देशलाई सफलता दिलाउने गरि मिहेनत गर्ने बताउनुभयो ।
प्रतिक्रिया