पाँचपोखरी थाङपाल गाउँपालिकामा नमुना युवा संसद अभ्यास सम्पन्न

पाँचपोखरी थाङपाल गाउँपालिकामा नमुना युवा संसद अभ्यास सम्पन्न
राष्ट्रिय अनलाइन प्रकाशित: २०८१ जेठ २९ गते १७:५२


सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा नमुना युवा संसद अभ्यास गरिएको छ ।  युवालाई संसदीय अभ्यास सिकाएर आफ्ना विचार स्वस्थ ढंगबाट प्रस्तुत गर्न, युवामा प्रजातान्त्रिक आचरणको विकास गराउने तथा प्रतिनिधि सभामा नीति निर्माण गर्ने प्रक्रियाको बारेमा अवगत गराउने उद्देश्यले नमुना युवा संसद आयोजना गरेको गाउँपालिका खेलकुद विकास समितिका संयोजक ग्याल्बो साम्देनले जानकारी दिनुभयो । संसद अभ्यासमा सभामुख शर्मीला भट्टराईले संसद सुचारु भएको घोषणा गरेलगत्तै  राष्ट्रिपति उषा तामाङले निति तथा कार्यक्रम पढेर सुनाउनु भयो भने अर्थमन्त्री कृष्टिना अधिकारीले २० खर्ब ५० अर्ब २० करोडको बजेट प्रस्तुत गर्नुभएको थियो ।स्थास्थ्य तथा सरसफाई सम्बन्धी विधेयक स्वास्थ्य मन्त्री हिरा तामाङ।कृषि सम्बन्धी विधेयक कृषि मन्त्री नितेस आचार्य,पर्यटन सम्बन्धी विधेय पर्यटन मन्त्री रिमा तामाङ,,उद्योग सम्बन्धी विधेयक उद्योग मन्त्री लाक्पा छिरीङ तामाङ,बालबालिका सम्बन्धी विधेयक बालबालिका मन्त्री प्रितीमाया स्याङ्बो,बन तथा वातावरण सम्बन्धी विधेयक बनमन्त्री सागर दोङ,सुचना संचार तथा प्रविधि सम्बन्धी विधेयक सुचना तथा सञ्चार मन्त्री तासी तामाङ र शिक्षा सम्बन्धी बिधेयक शिक्षा मन्त्री रुबिना खड्काले प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत निति तथा कार्यक्रम,बजेट र  विधेयकको सत्तापक्षका सांसदले प्रशंसा गरेका थिएभने प्रतिपक्षी दलका सांसदहरुले विरोध गरेका थिए । सभामुखले ध्वनीमतका आधारमा बहुमत सदस्यले हुन्छ भनेकाले प्रस्तुत कार्यक्रम,बजेट र विधेयक पास भएको घोषणा गर्नुभयो ।नमुना युवा संसद्मा विद्यार्थीहरुले संसदको झल्को दिने गरी सभामुख, मन्त्री, सत्तापक्ष, प्रतिपक्ष र मर्यादापालक, संसद सचिवालयका कर्मचारीको भूमिका निभाएका थिए ।नमुना युवा संसदलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष टासी लामाले बहुपहिचान सहितको गाउँपालिका सभाहलमा पहिचान सहित आएका माननीय विद्यार्थीहरुले गरेको प्रयासको प्रशंसा गर्नुभयो । एउटा कलम,एउटा शिक्षक र एउटा किताबले संसार बदल्न सक्ने भन्दै उहाँले आज यो भनाइको पुष्टि भएको बताउनुभयो । अर्को बर्ष यस कार्यक्रमको निरंतरता दिदै टेलिभिजनमा समेत प्रशारण हुनेगरि कार्ययोजना बनाउने अध्यक्ष लामाले उद्घोष गर्नुभयो । एउटा शैक्षिक ब्यक्तिले देशको राजनीतिमा चासो राख्दै सहभागीता जनाउनुपर्नेमा उहाँको जोड थियो । कार्यक्रमको औचित्यबारे प्रष्ट पार्दै अध्यक्ष लामाले अहिले देखी नै देशको संरचनाको बारेमा ख्याल गर्नुपर्ने बताउनुभयो ।गाउँपालिकाका उपाध्यक्ष सुनिता अधिकारीले संसद भवनमै बसेको अनुभुती हुनेगरी कार्यक्रम गरेको भन्दै आफु विद्यार्थीको क्षमता देखेर खुशी भएको बताउनुभयो । उहाँले विद्यार्थीको क्षमता विकासको लागी गाउँपालिका सधैं साथमा रहेको जिकिर गर्नुभयो । राष्ट्रपति देखी सभामुख सम्म विशेष गरि ठुलो जिम्मेवारीमा महिलाहरूको प्रतिनिधित्व देखेर खुशी लागेको उहाँको भनाई थियो ।  नमुना युवा संसदका सचिवालयका संयोजक माधव पाण्डेले निकै महत्त्वपूर्ण कार्यक्रम गरेकोमा आयोजकलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले प्रस्तुत विधेकमा सैद्धान्तिक र अन्य धेरै कमजोरी रहेपनि विद्यार्थीहरुको यो प्रस्तुतिले खुशी लागेको बताउनुभयो । संयोजक पाण्डेले यस्ता कार्यक्रम सिकाइको एउटा महत्त्वपूर्ण पाटो भएकाले यो जोस र हौसला सधैं कायम रहने बिश्वास व्यक्त गर्नुभयो ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइँकेलले संघीय संरचना रहेको राज्यमा संघीय संसद कस्तो हुन्छ ?कसरी सांसद हरुले आफ्नो भनाइ राख्नु हुन्छ?त्यहाँको अभ्यासहरु कस्तो हुन्छ भन्नेकुरा विद्यार्थी हरुले जस्ताको तस्तै प्रस्तुत गरेकोमा खुशी व्यक्त गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत कुइँकेलले यहाँका विद्यार्थीहरुलाई संघीय संसदमै लगेर देखाउन सके अझै प्रभावकारी हुने बताउनुभयो । यस कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता गर्दै उहाँले यस्ता कार्यक्रमलाई अन्य पालिकाले पनि अनुशरण गर्नुपर्नेमा जोड दिनुभयो ।कार्यक्रमका सभापति तथा सामाजिक विकास समितिका संयोजक एवम् वडा नम्बर ५ का अध्यक्ष संयोजक कालेगोलेले विद्यार्थीहरुको प्रस्तुतिले खुशी लागेको बताउनुभयो । उहाँले यस्ता कार्यलाई निरन्तरता दिन आग्रह गर्दै सधैं साथमा रहेको बताउनुभयो । उहाँले विद्यालय तहमानै खेलकुद तथा अन्य अतिरिक्त क्रियाकलाप लाई जोड्न सकेमा जनशक्ति उत्पादन गर्न सकिने बिश्वास व्यक्त गर्नुभयो ।वडा नम्बर ३ का अध्यक्ष ङिमाछिरिङ तामाङले सिन्धुपाल्चोक जिल्लाको हकमा नमुना युवा संसद कार्यक्रम पहिलो भएको बताउनुभयो । उहाँले कार्यक्रममा सहभागी भइरहदा धेरै कुराको सिकाइ भएको बताउनुभयो  शिक्षालाई ब्यबहारिक बनाउनका लागी यस्ता कार्यक्रम आवश्यक रहेको उल्लेख गर्नुभयो । संसदहलमै भएको जस्तो अनुभुती हुनेगरी गरिएको यस्तो कार्यक्रमले अगाडी बढ्न विद्यार्थीलाई सहज हुने बिश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा गाउँपालिका भित्रका १० वटा माध्यमिक विद्यालयका ७० जना विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रम सञ्चालक तथा संसद सचिवालयका सदस्य शिक्षक अजय धितालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि?

मोटरसाइकल दुर्घटनामा परी सिन्धुपाल्चोकमा २ जनाको मृत्यू

मोटरसाइकल दुर्घटनामा परी सिन्धुपाल्चोकमा २ जनाको मृत्यू

विभिन्न माग सहित मेलम्ची खानेपानी समक्ष पाँचपोखरीको ध्यानाकर्षण, माग सम्बोधन नभए काम रोक्ने चेतावनी

विभिन्न माग सहित मेलम्ची खानेपानी समक्ष पाँचपोखरीको ध्यानाकर्षण, माग सम्बोधन नभए काम रोक्ने चेतावनी

औषधिको गुणस्तरमा कसैसँग सम्झौता नगर्न विभागलाई स्वास्थ्य मन्त्रीको निर्देशन

औषधिको गुणस्तरमा कसैसँग सम्झौता नगर्न विभागलाई स्वास्थ्य मन्त्रीको निर्देशन

यू–१९ टिमको प्रारम्भिक टोली घोषणा, यू–१६ बाट थपिए ३ जना

यू–१९ टिमको प्रारम्भिक टोली घोषणा, यू–१६ बाट थपिए ३ जना

बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री

बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री

रिड नेपालले वक्तृत्वकला प्रतियोगिता आयोजना गर्दै मनायो बाल दिवस

रिड नेपालले वक्तृत्वकला प्रतियोगिता आयोजना गर्दै मनायो बाल दिवस

राप्रपाको शक्ति प्रदर्शन (तस्बिरहरू)

राप्रपाको शक्ति प्रदर्शन (तस्बिरहरू)

३ सातापछि नेप्से २००० विन्दुमाथि उक्लियो

३ सातापछि नेप्से २००० विन्दुमाथि उक्लियो

रास्वपाले थाल्यो केन्द्रीय सदस्य मोहनजंग थापामाथि छानबिन

रास्वपाले थाल्यो केन्द्रीय सदस्य मोहनजंग थापामाथि छानबिन

आइपुगे नेम्वाङका दुबै छोरा, पार्थिव शरीर पार्टी कार्यालयबाट लगियो घर

आइपुगे नेम्वाङका दुबै छोरा, पार्थिव शरीर पार्टी कार्यालयबाट लगियो घर

सार्वजनिक भयो आइफोन १५ सिरिज, कुन मोडलको मूल्य कति?

सार्वजनिक भयो आइफोन १५ सिरिज, कुन मोडलको मूल्य कति?

उत्तर कोरियाली नेता किम र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

उत्तर कोरियाली नेता किम र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

शिक्षक सरुवाको अधिकार स्थानीय तहलाई

शिक्षक सरुवाको अधिकार स्थानीय तहलाई

सिन्धुपाल्चोकको चौतारा बसपार्कमा नागरिक सहायता कक्ष र प्रतिक्षालय सञ्चालनमा

सिन्धुपाल्चोकको चौतारा बसपार्कमा नागरिक सहायता कक्ष र प्रतिक्षालय सञ्चालनमा

भारत एसिया कपको फाइनलमा

भारत एसिया कपको फाइनलमा

वीरगञ्जको बालसुधार गृह रातभर तनावग्रस्त

वीरगञ्जको बालसुधार गृह रातभर तनावग्रस्त

सिटिजन्स लाइफ इन्स्योरेन्सको आइपीओ बिहीबार बाँडफाँट हुने, ६ लाख बढी आवेदकको हात खाली हुने

सिटिजन्स लाइफ इन्स्योरेन्सको आइपीओ बिहीबार बाँडफाँट हुने, ६ लाख बढी आवेदकको हात खाली हुने

बिपदग्रस्त पाँचपोखरी र हेलम्बु गाउँपालिकालाई मेलम्ची नगरपालिकाको आर्थिक सहयोग

बिपदग्रस्त पाँचपोखरी र हेलम्बु गाउँपालिकालाई मेलम्ची नगरपालिकाको आर्थिक सहयोग

सुवास नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने मन्त्रिपरिषद बैठकको निर्णय

सुवास नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने मन्त्रिपरिषद बैठकको निर्णय

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

दोहोरी प्रतिष्ठानको भेगिय विभेद विरुद्धमा गायक सरोज लामिछाने  ः मुग्लिन भन्दा पारिको मात्रै कलाकार हुन् त ?

दोहोरी प्रतिष्ठानको भेगिय विभेद विरुद्धमा गायक सरोज लामिछाने ः मुग्लिन भन्दा पारिको मात्रै कलाकार हुन् त ?

स्थानीय पाठ्यक्रममा आधारित शिक्षकहरुको लागी अभिमुखिकरण तालिम मेलम्चीमा सम्पन्न

स्थानीय पाठ्यक्रममा आधारित शिक्षकहरुको लागी अभिमुखिकरण तालिम मेलम्चीमा सम्पन्न

सहकारीको ऋण नतिर्ने ऋणीहरुको सेवा स्थानीय सरकारले रोक्न सकिने ः मेयर तामाङ (भिडियो सहित)

सहकारीको ऋण नतिर्ने ऋणीहरुको सेवा स्थानीय सरकारले रोक्न सकिने ः मेयर तामाङ (भिडियो सहित)

नेपाल र म्यानमारबीच दोस्रो मैत्रीपूर्ण खेल आज

नेपाल र म्यानमारबीच दोस्रो मैत्रीपूर्ण खेल आज

दिल्ली घोषणापत्रसहित जी–२० सम्मेलन सकियो

दिल्ली घोषणापत्रसहित जी–२० सम्मेलन सकियो

माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँट, १ लाख २० हजार ५३२ जनालाई १० कित्ता सेयर

माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँट, १ लाख २० हजार ५३२ जनालाई १० कित्ता सेयर

कान्ति बाल अस्पतालको घटनाका दोषीलाई कडा कारवाही गर्छौ : स्वास्थ्य मन्त्री बस्नेत

कान्ति बाल अस्पतालको घटनाका दोषीलाई कडा कारवाही गर्छौ : स्वास्थ्य मन्त्री बस्नेत

स्वास्थ्य मन्त्री बस्नेत स्वदेश फिर्ता,जनसंख्या र स्वास्थ्यका बिषयसँगै लैजाने बिषयमा विश्व समुदाय एकमत

स्वास्थ्य मन्त्री बस्नेत स्वदेश फिर्ता,जनसंख्या र स्वास्थ्यका बिषयसँगै लैजाने बिषयमा विश्व समुदाय एकमत

ललिता निवास प्रकरण : आजै थुनछेक आदेश आउन सक्ने

ललिता निवास प्रकरण : आजै थुनछेक आदेश आउन सक्ने

एसिया कपमा आज भारत र पाकिस्तान खेल्दै

एसिया कपमा आज भारत र पाकिस्तान खेल्दै

विदेशी मुद्राको विनिमय दर: आइतबार कुनको कति?

विदेशी मुद्राको विनिमय दर: आइतबार कुनको कति?

भूकम्पबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

भूकम्पबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

गौफले जितिन् यूएस ओपन ग्रान्डस्लाम

गौफले जितिन् यूएस ओपन ग्रान्डस्लाम

सुन तस्करी प्रकरण : विमानस्थल भन्सारका तीन कर्मचारी पक्राउ

सुन तस्करी प्रकरण : विमानस्थल भन्सारका तीन कर्मचारी पक्राउ

थाइल्यान्डलाई हराउदै युएई च्याम्पियन

थाइल्यान्डलाई हराउदै युएई च्याम्पियन

मोरक्कोमा शक्तिशाली भूकम्प : कम्तीमा २ सय ९६ जनाको ज्यान गयो

मोरक्कोमा शक्तिशाली भूकम्प : कम्तीमा २ सय ९६ जनाको ज्यान गयो

बाँके बस दुर्घटनामा ७ जनाको मृत्युु, ३१ घाइते

बाँके बस दुर्घटनामा ७ जनाको मृत्युु, ३१ घाइते

आस्क नेपालद्धारा सञ्चालित परियोजनाको सामाजिक परिक्षण तथा प्रगती समिक्षा सम्पन्न

आस्क नेपालद्धारा सञ्चालित परियोजनाको सामाजिक परिक्षण तथा प्रगती समिक्षा सम्पन्न

टिपरको ठक्करबाट बालिकाको ज्यान गयो 

टिपरको ठक्करबाट बालिकाको ज्यान गयो 

१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

काेशीमा ४८ घण्टाभित्र कार्की लाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश

काेशीमा ४८ घण्टाभित्र कार्की लाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश

सन्दीपको मुद्दा हेर्दाहेर्दैमा गएन, थप अभिलेख झिकाउने आदेश

सन्दीपको मुद्दा हेर्दाहेर्दैमा गएन, थप अभिलेख झिकाउने आदेश

काठमाडौं महानगरमा भोलि शोक बिदा

काठमाडौं महानगरमा भोलि शोक बिदा

गैसस सिन्धुपाल्चोकको अधिवेशन सुरु, रुपान्तरित अभियान संचालन गर्न सुझाव,आजै नयाँ नेतृत्व चुनिदै

गैसस सिन्धुपाल्चोकको अधिवेशन सुरु, रुपान्तरित अभियान संचालन गर्न सुझाव,आजै नयाँ नेतृत्व चुनिदै

याङ्री , लार्के र हेलम्बु अम्बाथान टनेल निमार्णगर्दा यातायात पनि सञ्चालन हुनेगरि गर्नुपर्छ : अध्यक्ष शेर्पा

याङ्री , लार्के र हेलम्बु अम्बाथान टनेल निमार्णगर्दा यातायात पनि सञ्चालन हुनेगरि गर्नुपर्छ : अध्यक्ष शेर्पा

रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा, बालेनले ओढाए झण्डा

रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा, बालेनले ओढाए झण्डा

सिन्धुपाल्चोकको ऐतिहासिक कृष्ण मन्दिरको निर्वतमान सभामुख सापकोटाद्धारा उद्घाटन

सिन्धुपाल्चोकको ऐतिहासिक कृष्ण मन्दिरको निर्वतमान सभामुख सापकोटाद्धारा उद्घाटन

श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

लुम्बिनी एमालेको अध्यक्षमा राधाकृष्ण कँडेल विजयी 

लुम्बिनी एमालेको अध्यक्षमा राधाकृष्ण कँडेल विजयी 

अफगानिस्तानमाथि श्रीलंकाको रोमान्चक जित

अफगानिस्तानमाथि श्रीलंकाको रोमान्चक जित

हेल्लो सरकारको २४सै घण्टे सेवापछि गुनासो बढ्दो क्रममा

हेल्लो सरकारको २४सै घण्टे सेवापछि गुनासो बढ्दो क्रममा

गृहमन्त्री श्रेष्ठद्वारा कागबेनी बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन

गृहमन्त्री श्रेष्ठद्वारा कागबेनी बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन

आठ बर्ष पछि खुल्यो तातोपानी नाका (भिडियो रिर्पोट सहित)

आठ बर्ष पछि खुल्यो तातोपानी नाका (भिडियो रिर्पोट सहित)

चनौटे थापाटार इचोक कुटुमसाङ खण्ड अन्तर्गत गोसाइँकुण्ड मार्गको शिलान्यास

चनौटे थापाटार इचोक कुटुमसाङ खण्ड अन्तर्गत गोसाइँकुण्ड मार्गको शिलान्यास

बाह्रै महिना चल्ने सडक निमार्ण, पुर्नस्थापना,पूर्ननिर्माण र नदि नियन्त्रण लगायतको मागगर्दै खानेपानी मन्त्रालयको ध्यानाकर्षण