भक्तपुरको बालसुधार गृहबाट भागेका ८४ जना काठमाडौंबाट पक्राउ[अपडेट]
![भक्तपुरको बालसुधार गृहबाट भागेका ८४ जना काठमाडौंबाट पक्राउ[अपडेट]](https://rastriyaonline.com/wp-content/uploads/2023/08/Screenshot-2023-08-21-175415.png)
![](https://rashtriyaonline.com/wp-content/uploads/2023/09/aa.png)
काठमाडौँ — भक्तपुरको बालसुधार गृहबाट भागेका ८४ जना काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका छन् । विभिन्न कसुरमा दोषी ठहर र पुर्पक्षमा रहेका उनीहरू सुधारगृहमा थिए ।
![](https://rastriyaonline.com/wp-content/uploads/2023/08/Screenshot-2023-08-21-175415.png)
आइतबार सुधारगृहमा रहेका एक जनाको मृत्यु भएपछि आफन्तहरू विरोधमा उत्रिएका थिए । प्रदर्शनकै मौका छोपेर सुधारगृहका झ्याल र पर्खाल फुटाएर उनीहरू भागेका थिए । त्यसमध्येका ८४ जनालाई प्रहरीले पुन: नियन्त्रणमा लिएको हो ।
![](https://rastriyaonline.com/wp-content/uploads/2023/08/Screenshot-2023-07-31-134113.png)
![](https://rastriyaonline.com/wp-content/uploads/2023/08/aava.jpg)
काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले भागेकामध्ये ६० भन्दा बढीलाई बानेश्वर प्रहरी वृत्तमा राखिएको बताए । भागेका व्यक्तिलाई नियन्त्रणमा लिन उपत्यकाका ३ वटै जिल्ला प्रहरी कार्यालयबाट टोली परिचालन गरिएको छ । २०० भन्दा बढी व्यक्ति सुधारगृहबाट भागेका छन् ।
प्रतिक्रिया