राष्ट्र बैंकले आज ६ अर्ब २३ करोडको ट्रेजरी नवीकरण गर्दै
![राष्ट्र बैंकले आज ६ अर्ब २३ करोडको ट्रेजरी नवीकरण गर्दै](https://rastriyaonline.com/wp-content/uploads/2023/08/Screenshot-2023-08-22-123643.png)
![](https://rashtriyaonline.com/wp-content/uploads/2023/09/aa.png)
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार ६ अर्ब २३ करोडको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले भदौ ५ गते मंगलबार नवीकरण गर्ने ९१ दिने र ३६४ दिने गरी दुई किसिमको ट्रेजरी बिलको कूल ६ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिलको आज बोलकबाल गर्ने भएको हो ।
पुरानो ट्रेजरी खरिदकर्ता बैंक तथा वित्तीय संस्थाले पुनः ट्रेजरी नवीकरणका लागि दरखास्त दिन सक्नेछन् । केन्द्रीय बैंकका अनुसार मंगलबार नवीकरण हुने ट्रेजरीको सोमबार दिउँसो ३ बजे बोलकबोल हुने छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले तोकिएको समयभित्र आवेदन दिन सक्नेछन् ।
ट्रेजरीको बिक्री सोमबार अर्थात् भदौ ४ गते दिउँसो ३ बजे हुनेछ । यसअघि केन्द्रीय बैंकले साउन २९ गते १४ अर्बरुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो ।
प्रतिक्रिया