आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ खरिद बिक्री ?
राष्ट्रिय अनलाइन
प्रकाशित: २०८० भदौ २१ गते १२:४४
बिहीबार पनि सुन र चाँदीको मूल्य घटेको छ । १९ भदौयता सुन र चाँदीको मूल्यमा लगातार गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार १८ भदौमा छापावाल सुनको प्रतितोला मूल्य १ लाख १३ हजार र चाँदीको मूल्य १ हजार ४६५ रुपैयाँ थियो ।
२१ भदौ अर्थात बिहीबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १२ हजार र चाँदीको मूल्य १ हजार ४१० रुपैयाँ तोकिएको छ । २० भदौ अर्थात बुधबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १२ हजार ४ सय र चाँदीको मूल्य १ हजार ४३० रुपैयाँ तोकिएको थियो ।
प्रतिक्रिया