वेस्ट ह्यामसँग चेल्सीको हार
काठमाडौं । प्रिमियर लिग फुटबलमा चेल्सीले वेस्ट ह्यामसँग नमिठो हार ब्यहोरेको छ । आईतबार राति लण्डन डर्बीमा चेल्सीले वेस्ट ह्यामसँग ३–१ को फराकिलो हार ब्यहोरेको हो ।
खेलको अन्तिम ३० मिनेट १० खेलाडीमा सिमित बनेको वेस्ट ह्याममाथि ठुलो लगानीको क्लब चेल्सीले जित निकाल्न सकेन ।
डिफेन्डर नायेफ अगुइर्डले वेस्ट ह्यामलाई सुरुआती अग्रता दिलाएका थिए । कानी चुक्कुएमेकाले चेल्सीका लागि गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । इनचो फर्नान्डेज पेनाल्टीमा चुकेपछि चेल्सीले अग्रता लिने अवसर गुमाउन पुग्यो । उनको प्रहारलाई गोलकिपर अल्फोस अरेओलाले बचाएका थिए ।
माइकल एन्टोनियोले ५३ औं मिनेटमा वेस्टलाई २–१ को अग्रता दिलाए ।
अन्तिम समयमा कप्तान लुकास पाक्केटाले पेनाल्टीमा गोल गर्दै वेस्ट ह्यामलाई ३–१ को शानदार जित दिलाए ।
चेल्सीबाट डेब्यु गरेका कीर्तिमानी महङ्गा खेलाडी मोइसिस काइसेडोको फलमा वेस्ट ह्यामले अन्तिम समयमा पेनाल्टीको अवसर पाएको थियो ।
लिगको पहिलो खेलमा चेल्सीले लिभरपुलसँग बराबरी खेलेको थियो । खेलाडी सरुवा बजारमा ठुलो धनराशी खर्च गरेको चेल्सीले सिजनको खराब सुरुआत गरेको छ ।
प्रतिक्रिया