लोकतन्त्र दिवसको अवसरमा मेलम्ची र हेलम्बुमा रक्तदान
लोकतन्त्र दिवसको अवसरमा मेलम्ची र हेलम्बुमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । मेलम्चीमा भएको कार्यक्रममा ५७ र हेलम्बुमा २८ जनाले रक्तदान गरेको आयोजकले जनाएको छ । मेलम्चीमा नगरपालिकाको आयोजना तथा रेडक्रस सोसाइटी सिन्धुपाल्चोक र भक्तपुरको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको स्वास्थ्य शाखाका प्रमुख अस्मिता भण्डारीले जानकारी दिनुभयो । उपप्रमुख उमा प्रधान, कर्मचारी, स्थानिय गरि ५७ जनाले रक्तदान गरेका थिए । हेलम्बु गाउँपालिका तथा नेपाल रेडक्रस सोसाइटी ग्याल्थुम उप–शाखाद्वारा हेलम्बु २ किउलमा आयोजना गरिएको रक्तदानमा हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पा, प्रमुख प्रसाशकिय अधिकृत राजुभाइ श्रेष्ठ , प्रहरी, कर्मचारी, स्थानीय लगायतले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी ग्याल्थुम उप–शाखाका सभापति खिलप्रसाद लामिछानेले जानकारी दिनुभयो । कार्यक्रम नेपाल इन्भेस्टमेन्ट मेगा बैंक हेलम्बु र हिमालयन लघुवित्त वित्तिय सँस्थाको सहयोगमा भएको हो ।
प्रतिक्रिया