थाइराइडबारे १४ भ्रम र सत्य
थाइराइडबारे कतिपय द्विविधा छ, यो के हो ?
खासमा घाँटीमा हुने पुतली आकारको ग्रन्थी हो यो, जुन मानव शरीरका लागि महत्वपूर्ण छ । यसमा टी–३ र टी–४ भन्ने दुईवटा हर्मोन उत्पादन गर्छ । यी हर्मोनले शरीरमा मेटाबोलिज्म सन्तुलन राख्न, शरीरको बृद्धि विकास गर्न सहयोग गर्छ ।
जब यी हर्मोन गडबड हुन्छ, तब यसले शरीरमा विभिन्न किसिमले असर गर्छ । यसको लक्षण अन्य रोगको लक्षणसँग मिल्दोजुल्दो देखिने भएकाले धेरैलाई थाइराइडबारे भ्रम छ ।
त्यसो भए के भ्रम छ र सत्य के हो ?
१. भ्रम : थाइरायइडको कारण शरीरमा देखिने गाँठो वा सुन्निएको छ भने त्यो थाइराइड क्यान्सर हो ।
तथ्य : थाइराइड नोड्युलमा पाँच प्रतिशतमात्र क्यान्सर देखिनसक्छ । धेरैजसो गाँठोमा क्यान्सर हुँदैन ।
२. भ्रमः यदि थाइरोइडको समस्या छ भने, घाँटीमा गलगाँड विकास हुन्छ ।
तथ्यः थाइरोइड समस्या भएका धेरैजसो मान्छेलाई गलगाँडको विकास हुँदैन र आयोडिनयुक्त नुनको सर्वव्यापी आपूर्तिले गलगाँडको समस्या न्यून छ ।
३. भ्रम : थाइराइडको समस्या भएका आँखाको नानीमा समस्या हुन्छ।
तथ्यः आँखाको नानी बाहिर निस्किएको जस्तो देखिने आँखाको समस्या थाइराइडको एउटा लक्षण मात्र हो, जुन हाइपरथाइराइडिज्म ९ हर्मोनको स्तर उच्च हुनु ० र थाइरोइड सम्बन्धी ग्रेभ्स रोगमा सबैभन्दा सामान्य हुन्छ। थाइराइड भएका सबैमा सो समस्या देखिदैन । थाइराइडको समस्या नभएका थोरैमा वंशाणुगत कारण आँखा सम्बन्धि सो समस्या देखिनसक्छ ।
४. भ्रम : मध्यम उमेरका वा बृद्ध महिलालाई मात्र थाइरोइड समस्या हुन्छ ।
तथ्यः महिला र पुरुष दुवैलाई कुनैपनि उमेरमा थाइरोइड रोग लाग्न सक्छ । पाँचमध्ये एक महिलालाई ६० वर्षको उमेरमा थाइरोइड समस्या हुन्छ । थाइरोइड रोगले प्रजनन क्षमता, गर्भावस्थ ावा सुत्केरीपछि असर गर्न सक्छ ।
प्रतिक्रिया